कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन


बिर्तामोड_कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ ।

स्वास प्रश्वासमा समस्या आएपछि उहाको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उहालाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

लामो उपचार गरिरहँदा पनि उहाको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा आज बिएन्डसी हस्पिटलमा निधन भएको हो ।

उहाको निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गर्नुभएको हो । उहाको २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ तिमल्सिनाले जानकारी दिनुभएको छ ।

उहालाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो ।{साभार_इलाम आवाज}