आज इलाममा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि,कुल संक्रमितको संख्या ३५१ पुग्यो


इलाम_आज इलाममा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबै भन्दा धेरै १६ पुरुष र १२ महिला गरि जम्मा २८ जना इलाम नगरपालिका भित्रका रहेका छन । रोङ गाउँपालिकाका २ पुरुष,फाकफोकथुम गाउँपालिकाका १ पुरुष,देउमाई नगरपालिका ६ महिला र ३ पुरुष र माइजोगमाई गाउँपालिकाका १ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये २७१ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा २८ जना र आई सि यु मा ८ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ३५१ पुगेको छ भने संक्रमित मध्ये ३३ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण ११ जनाको ज्यान गइसकेको छ।