पानीमा डुवेको अवस्थामा भोटेसाँघुमा हर्कबहादुरको लाश फेला


नयाँबजार_इलामको सूर्योदय नगरपालिका १ र माईजोगमाई गाउँपालिका–२ को सिमानामा पर्ने भोटेसाँघुमा एक जनाको लाश फेला परेको छ । जोगमाईखोला नजिकै रहेको पोखरीमा डुवेको अवस्थामा अन्दाजी ५० बर्षिय स्थानीय हर्कबहादुर थामीको लाश फेला परेको हो ।

आइतबार साँझ घरबाट बाहिर हिडेको हर्कबहादुर विहान ७ बजेको समयमा पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । लाशलाई मुचुल्का गरी पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभयो ।{साभार:लोकल सन्देश}