इलाममा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यू


इलाम_इलाममा आज थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।इलाम नगरपालिका वडा नं ७ का ७३ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको हो ।
डेढ हप्ताअघिदेखि ज्वरो आएर घरमै रहेका र तीन दिनअघि इलाम अस्पतालम पुर्याएर उपचार भइरहेको उनको आज मृत्यू भएको उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले बताउनुभयो ।

आज सम्म इलाममा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।