भारतमा विकास गरिएको कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने नयाँ औषधिले अनुमति पायो

भारतमा विकास गरिएको कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने नयाँ औषधिले अनुमति पाएको छ ।

भारतको औषधी सम्बन्धी हेर्ने सरकारी निकायले टू(डीजीु नामक औषधिलाई सङ्क्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन अनुमति दिएको हो ।अनुमति पाए पछि कोभिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेजनाइएकोछ ।

औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको भारत सरकारले दाबी गरेको छ । तर केही आलोचकहरूले कोभिड उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको बताएका छन् । टू(डीअक्सी(डी(ग्लुकोज वा टू(डीजी औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेशन ९डीआरडीओ०ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरिएको हो ।

भारतमा कोभिड(१९ सङ्क्रमणका कारयण दैनिक मासिनहरुको मृत्यू भइरहेको र संक्रमितको संख्या समेत उच्च रहेकोले यो औषधी लाई प्रयोगमा ल्याउन अनुमति दिइएको हो । तर, स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्याङ्कको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन् ।