इलाममा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यू


इलाम_इलाममा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।
आज इलाम नगरपालिका वडा नं ७ चोक बजारका सुनचाँदी व्यवसायी रेशम बराइलीको मृत्यू भएको छ । विराटन नर्सिङ होममा उपचारपछि हिजो घर आएका बराइलीको आज इलाम अस्पतालमा मृत्यू भएको हो ।
यसरीनै सोमबार इलाम नगरपालिका वडा नं। ७ इलाम बजारकै ७३ वर्षीय मोहनलाल प्रधानकोे कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको थियो ।
इलाममा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।