पूर्वी नेपालको काँकरभिट्टा नाका पूर्ण रुपमा बन्द हुने


झापा _पूर्वी नेपालको काँकरभिट्टा नाका पूर्ण रुपमा बन्द हुने भएको छ। भारतको पश्चिम बंगाल सरकारले राज्यमा लकडाउन गर्ने भएपछि काँकरभिट्टा नाका १५ दिनका लागि बन्द हुने भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कोरोना संक्रमण फैलिँदै गएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले राज्यमा लकडाउन गर्ने जनाएसँगै उक्त नाका बन्द हुने भएको हो। पूर्ण रुपमा नाका बन्द भएका बेला मानिसहरूको आवतजावत बन्द गरिने भारतीय पक्षले नेपाली पक्षलाई जानकारी दिइसकेको छ।