जबरजस्ती करणीको आरोपमा एक नाबालक पक्राउ


इटहरी_इटहरीबाट जबरजस्ती करणीको आरोपमा एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार जेठ १ गते रातको समयमा इटहरी बस्दै आएकी एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बालकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने बालकको उमेर १४ वर्ष रहेको र दुवैजना नाबालक रहेकाले नाम, थर गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ ।ती बालकलाई २ गते पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।