इलाम–झापा समाजद्वारा इलाम अस्पताललाई एक लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा


इलाम _इलाम–झापा समाजद्वारा इलाम अस्पताललाई एक लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोनाको संक्रमण इलाममा बढ्दै जान थालेपछि सामजिक सञ्जालमा आक्रोश बढ्दै गएको थियो ।

इलामबासीको पिडालाई मल्हम लगाउन समाजका अग्रज विनोद बस्नेत,श्याम खड्गी र गजेन्द्र पौडेलको पहलमा अस्पताललाई एक लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री जेठ ५ गते उपलब्ध गराउने सामाजिक अभियन्ता निरोज खड्गीले जानकारी दिनुभएको छ ।

एकका लागि एक अभियानबाट थप एक लाखको समेत सामाग्री उपलब्ध हुनेछ । {साभार:लोकल सन्देश}