आज इलाममा थप ११ जना कोरोना संक्रमित थपिए,संक्रमित मध्ये ३३ जना निको


इलाम_आज इलाममा थप ११ जना कोरोना संक्रमित थपिएका छन । संक्रमित मध्ये ५ पुरुष र २ महिला गरि जम्मा ७ जना इलाम नगरपालिका भित्रका रहेका छन । सूर्योदयन नगरपालिकाका २पुरुष र १ महिला र चुलाचुली गाउँपालिकाका १ महिलामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये २८० जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा २७ जना र आई सि यु मा ८ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ३६२ पुगेको छ भने संक्रमित मध्ये ३३ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १४ जनाको ज्यान गइसकेको छ।