गएको २४ घण्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त,नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुग्यो


गएको २४ घण्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुगेको छ ।
गएको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार दुई सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप एक सय ९६ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी एक सय ९६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार चार सय ११ पुगेको छ ।