ढुङ्गानाको पहलमा इलाम अस्पताललाई ११ थान अक्सिजन सिलिण्डर


इलाम _इलाम नगरपालिकाका सब इन्जिनियर मेघनाथ ढुङ्गानाको पहलमा इलामका हाइड्रोपावर कम्पनीले इलाम अस्पतालमा सञ्चालन भएको कोरोना अस्पतालका लागि ११ थान अक्सिजन सिलिन्डर दिएका छन् ।

हाइड्रोपावर कम्पनीमा समेत अवद्ध ढुङ्गानाले आज इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडालाई सिलिण्डर हस्तान्तरण गर्नुभएको हुो । यसरीनै एपोलो अस्पतालले दुई थान अक्सिजन कन्सनटेटर पनि अस्पताललाई प्रदान गरेको छ ।{साभार_ईलाम आवाज}