नेपालमा काेराेनाकाे थप नयाँ भेरिएन्ट पुष्टि,सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण


नेपालमा कोभिड–१९ कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका तीन किसिमको भेटिएन्ट पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेकोसमेत मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ भेरिएन्ट पुष्टि भएसँगै अब थप स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने भएको र यसमा सबैले आ–आफ्नो भूमिका बढाउन मन्त्रालयका सह–प्रवक्ता अधिकारीले आग्रह गर्नुभएको छ ।