आज इलाममा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमित मध्ये ३४ जना निको


इलाम_आज इलाममा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ पुरुष र ८ महिला गरि जम्मा १० जना इलाम नगरपालिका भित्रका रहेका छन । सूर्योदयन नगरपालिकाका २पुरुष र १ महिला,रोङ गाउँपालिकाका ३ पुरुषर २ महिला,माई नगरपालिकाका १ पुरुष,देउमाई नगरपालिका २ महिला र १ पुरुष र माइजोगमाई गाउँपालिकाका ४ पुरुष र ३ महिलामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये ३०८ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा २७ जना र आई सि यु मा ८ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ३९१ पुगेको छ भने संक्रमित मध्ये ३४ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १४ जनाको ज्यान गइसकेको छ।