गएको २४ घण्टामा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको,थप दुई सय ४६ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा सङ्क्रमितको सङ्ख्या चार लाख ८० हजार चार सय १८ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ । अहिले नेपालमा एक लाख १४ हजार तीन सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन्। त्यसै गरि पछिल्लो २४ घण्टामा थप दुई सय ४६ जनाको ज्यान गएको छ । यो सङ्ख्या एकै दिनमा थपिएकामध्ये अहिलेसम्मकै धेरै हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।