सप्तरीमा आज पोखरीमा डुबेर २ जनाको मृत्यु


सप्तरी_सप्तरीमा आज पोखरीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

जिल्लाको कञ्चानरुप नगरपालिका ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २० बर्षीया किन्तु सरदार र १३ बर्षीया छोरी रोशनी सरदार छन् ।

घर नजिकैको सन्तोष यादवको पोखरीमा नुहाउन जाँदा दुबै जना डुबेर सिकिस्त भएको र उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याएपछि सोही क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।