कृषिमन्त्री राना कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि अतिआवश्यक सामग्री लिएर गृहजिल्ला इलाम आए


इलाम_भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि अतिआवश्यक सामग्री लिएर बुधबार गृहजिल्ला आउनुभएको छ ।

यि सामग्रीहरु इलाम अस्पताललाई मन्त्री रानाले आज हस्तान्तरण गर्नुभएको छ । मन्त्री रानाले अस्पताल प्रमुख प्रभू साहलाई हस्तन्तरण गर्नुभएको हुो ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयबाट ल्याइएको सो सामग्री इलाममा भरखरै शुरु भएको दुई बेडको एचडियू सहितको कोभिड–१९ अस्पतालका लागि प्रयोग गरिने छ ।

मन्त्री राना मार्फत हस्तान्तरण गरिएको सामग्रीहरुमा १० थान अक्सिजन सिलिण्डर, पीपीई गाउन २०० थान, सर्जिकल मास्क एक हजार थान, हेन्डसेनिटाइजर २० बोत्तल, डेटबडी ब्याग १० थान, अक्सिजन पोन्ज २० थान र भेन्ट्री मास्क १० थान रहेको छ ।
कोरोना परीक्षणका लागि आवश्यक किट १००० थान समेत आइरहेको मन्त्री रानाले बताउनुभयो ।

भर्खरे स्थापना गरिएको दुई बेडको एचडियू÷आइसीयू सहितको अस्पतालको लागि जनशक्ति अभाव रहेको र सो जनशक्ति पनि ल्याउनका लागि पहल भइरहेको र आज भोलिनै एक या दुई जना जनशक्ति इलाम अस्पताल आउने इलाम क्षेत्र नं २ का सांसद सुवासचन्द्र नेम्बाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिनुभएको छ ।{साभार:इलाम आवाज}