आज इलाममा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमित मध्ये ४५ जना निको


इलाम_आज इलाममा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १३ पुरुष र ८ महिला गरि जम्मा २१ जना इलाम नगरपालिका भित्रका रहेका छन । चुलाचुुली गाउँपालिकाका १ महिला, माइजोगमाई गाउँपालिकाका १ पुरुष,फाकफोकथुम गाउँपालिकाका १ महिला, र माङ्सेबुङ गाउँपालिकाका १ महिला र ३ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये ३२५ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा २८ जना र आई सि यु मा ७ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ४१९ पुगेको छ भने संक्रमित मध्ये ४५ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १४ जनाको ज्यान गइसकेको छ।