आज इलाममा अहिले सम्मकै धेरै ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमित मध्ये ४५ जना निको


इलाम_आज इलाममा अहिले सम्मकै धेरै ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० पुरुष र ९ महिला गरि जम्मा १९ जना इलाम नगरपालिका भित्रका रहेका छन ।सूर्योदयन नगरपालिकाका १९पुरुष र ३ महिला,रोङ गाउँपालिकाका १३ पुरुष र ५ महिला, चुलाचुुली गाउँपालिकाका ४ पुरुष , माइ नगरपालिकाका ८ पुरुष र ६ महिला, र माङ्सेबुङ गाउँपालिकाका ७ महिला र ९ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये ४१७ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा २८ जना र आई सि यु मा ७ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ५१२ पुगेको छ भने संक्रमित मध्ये ४५ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १४ जनाको ज्यान गइसकेको छ।