गएको २४ घण्टामा ७८९० जना संक्रमणमुक्त,थप १७७ जनाको मृत्यु


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । ७८९० जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । आज सम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ७८९० जना संक्रमणमुक्त भएका छन् ।