लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ


झापा_झापा मेचीनगर नगरपालिका ६ बद्री टोलबाट लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् ।

शुक्रबार दिउसो १ बजे लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधरमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनिहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।