कोरोना सङ्क्रमणबाट मेचीनगरका वडाध्यक्ष मेचेको मृत्यु


झापा कोरोना सङ्क्रमणबाट झापास्थित मेचीनगर नगरपालिका ७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ। उहाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा आज बिहान साढे ११ बजे मृत्यु भएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिनुभएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष मेचेलाई बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो। वैशाख २७ गते अस्पतालमा भर्ना गरिएको उहालाई वैशाख २८ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उहालाई अस्पतालको भेन्टिलेटरमा ५ दिनसम्म राखिएको थियो।