आज इलाममा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि ,संक्रमित मध्ये ५९ जना निको


इलाम _आज इलाममा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २० पुरुष र ७ महिला गरि जम्मा २७ जना इलाम नगरपालिका भित्रका रहेका छन ।सूर्योदयन नगरपालिकाका १ पुरुष ,रोङ गाउँपालिकाका १ पुरुष , माइ नगरपालिकाका १ पुरुष र १ महिला, र फाकफोकथुम गाउँपालिकाका ३ महिला र १२ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये ४७४ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा १६ जना र आई सि यु मा ३ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ५५८ पुगेको छ भने संक्रमित मध्ये ५९ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १४ जनाको ज्यान गइसकेको छ।