पोखरीमा डुबेर वेपत्ता भएको १६ घण्टापछि एक युवा मृत फेला


विराटनगर_मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित एउटा पोखरीमा डुबेर वेपत्ता भएको १६ घण्टापछि एक युवा मृत फेला परेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एपसी महेन्द्रकुमार श्रेष्ठले मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का २७ वर्षीय विनोद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको जानकारी दिनुभएको छ । उहाका अनुसार शनिबारसाँझ ६ बजेतिर पौडी खेल्नका लागि पाण्डे हेरिका निर्माण सेवा प्रा लिको माछा पोखरीमा पसेका थिए ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनलाई खोजी गर्ने क्रममा आज बिहान १० बजेतिर मृत फेला पारेर शव पोखरीबाट बाहिर निकालिएको सपी श्रेष्ठले जानकाुरी दिनुभएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले रातभर खोजी गर्दा पनि पाण्डे फेला परेका थिएनन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।