सेनाको समन्वयमा स्काउटलाई शव व्यवस्थापन तालिम


कोरोना संक्रमितको शव व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेश १ मा स्काउटमा आवद्ध भएकाहरुलाई नेपाली सेनासँगको समन्वय एवं सहकार्यमा तालिम दिन थालिएको छ । स्काउटलाई कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनका बारेमा आवश्यक ज्ञान दिन मोरङ र झापामा तालिन दिन थालिएको हो । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी र नम्बर २ बाहिनी अड्डा हिलेको समन्वय एवं सहकार्य र प्रदेश १ स्काउट तदर्थ समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।१५ जना स्वयंसेवक र प्रशिक्षार्थीलाई सहभागी गराएर झापामा बवब बाट चार दिने तालिम सुरु गरिएको छ । तालिमपछि संक्रमितको शव व्यवस्थापनमा स्काउटर पनि परिचालन गरिने प्रदेश १ स्काउट तदर्थ समितिका संयोजक रवि खनालले जानकारी दिनुभएको छ