पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमण मुक्त, थप १९३ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ ।