आज इलाममा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमित मध्ये ७३ जना निको


इलाम_आज इलाममा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबै भन्दा धेरै माङ्सेबुङ गाउँपालिकाका २२ महिला र १६ पुरुष गरी जम्मा ३८ जना रहेका छन ।इलाम नगरपालिका भित्रका ६ महिला र ४ पुरुष ,रोङ गाउँपालिकाका १ पुरुष , देउमाई नगरपालिकाका ३ पुरुष र १ महिला,
सन्दकपुर गाउँपालिकाका २ महिला र १ पुरुष र माईजोगमाई गाउँपालिकाका ६ महिला र ८ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये ५०० जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा ३७ जना र आई सि यु मा ३ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ६२८ पुगेको छ भने संक्रमित मध्ये ७३ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १५ जनाको ज्यान गइसकेको छ।