कांग्रेसका युवा नेता डम्बर खड्का द्वारा कोरोनाका बिरामीलाई निशुल्क यातायत सेवा


इलाम_नेपाली कांग्रेसका युवा नेता तथा इलामका सक्रिय समाजसेवी डम्बर खड्काले कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणका बिरामी र अन्य रोगका बिरामीहरुलाई अस्पताल, आईसोलेसन र घर ल्याउन र लैजान निशुल्क यातायत सेवा दिनुहुने भएको छ । इलाम नगरपालिका सात स्थायी घर भएका खड्काले इलाम जिल्लाबासीहरु कोरोना भाइरस संक्रमित भएमा र अन्य रोगले बिरामी भएमा उक्त सेवामा पहिलो प्राथमिकता दिने बताएउनुभएको छ ।

खड्का भन्नुभयो,“ हामी सबैको पहुचमा एम्बुलेन्स पुग्दैन भनेर मैले यो काम गरेको हुँ । यो माहामारीमा धेरैले रोजगार गुमाउनुपरेको छ सबै संँग पैसा हुदैन त्यसैले पनि बिरामी परेको अबस्थामा एम्बुलेन्स खर्चमात्र जेगिदा समेत बिरामी र उनको परिवारलाई ठुलो राहत हुने हुदा यो अभियानमा लागेको हुँ । ”

दोश्रो लहरको कोरोना भाइरस संक्रमण अबधिभर संक्रमित र अन्य रोगका बिरामीलाई निशुल्क आवतजावतको सेवा दिने खड्काका सहयोगी शिब कुमार थापाले जानकारी दिनुभएको छ । थापाका अनुसार यो सेवा जिल्लाभर दिइने छ । यदि कोही त्यस्ता संक्रमित र बिरामी भएमा समाजसेवी खड्कालाई र उहाका सहयोगी थापालाई इलामबासीले फोन सम्पर्क गरेर सेवा लिन सक्ने छन् ।

थापाको ९८१७९१७३०० र ९८४२६२७३३५ मा सम्पर्क सेवा गरेर निशुल्क सेवा लिन सकिने छ ।{साभार:नयाँ बुलन्द}