सूर्योदय नगरपालिकामा एक कोरोना संक्रमितको मृत्यु


इलाम_सूर्योदय नगरपालिका–३ मेहलबोटेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । गएराती ६८ बर्षिय महिलाको संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष होम कार्कीले जानकारी दिनुभएको छ । संक्रमितलाई स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि झापा तर्फ लगिएको थियो ।

झापामा भेन्टिलेटर नपाएपछि उनलाई नोबल अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरी लग्दै गर्दा बाटोमा नै मृत्यु भएको कार्कीले जानकारी दिनुभयो । मृतकलाई परिवारको सदस्यले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी दाहसंस्कार गरेका छन् । यो संगै इलाममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।

संक्रमित मृतकको परिवार सहित कन्ट्याक्ट ट्रेसिङमा परेको १७ जनाको आज एन्टिजेन परिक्षण गरिएको छ । नगर स्वास्थ्य शाखाले गरेको परिक्षणमा ९ जनामा पोजेटिभ आएका छ । परिवारको ८ जना र छिमेकी १ जनाको रिर्पोट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बस्न अनुरोध गरिएको छ । {साभार:लोकल सन्देश}