आज इलाममा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमित मध्ये ७३ जना निको


इलाम_आज इलाममा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये इलाम नगरपालिका भित्रका ५महिला र ६ पुरुष गरी जम्मा ११ जना रहेका छन ।माङ्सेबुङ गाउँपालिकाका १ पुरुष,रोङ गाउँपालिकाका ४ पुरुष ५ महिला,
चुलाचुली गाउँपालिकाका १ महिला र माईजोगमाई गाउँपालिकाका २ महिला र २ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये ५२० जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा ४१ जना र आई सि यु मा ४ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ६५४ पुगेको छ भने संक्रमित मध्ये ७३ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १६ जनाको ज्यान गइसकेको छ।