गएको २४ घण्टमा देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि,


गएको २४ घण्टमा देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै गएकाे २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण एक सय ८५ जना सङ्क्रमितको ज्यान गएको छ ।