एकै परिवारका तीन सदस्य रुखमा झुन्डिएको अवस्थामा मृत फेला


प्युठानमा एकै परिवारका तीन सदस्य मृत अवस्थामा भेटिएका छन् । स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीया गायत्री सुनार, सात वर्षीया छोरी र तीन वर्षीय छोराको शव प्युठान नगरपालिका वडा नम्बर १ चेरनेटा जङ्गलमा सालको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो माइतीमा आमा भेट्न जान्छु भनेर हिँडेकी गायत्री र छोराछोरीको शव झुन्डिएको अवस्थमा भेटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक डीएसपी सुनिल मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार एउटै रुखमा तीनै जना अलग अलग डोरीमा झुन्डिएको देखिएको छ ।