एम्बलेन्समा गाँजा ओसार पसार गरेको आरोपमा धरानका दुई युवा पक्राउ


सुनसरी_गैर सरकारी संस्थाले सञ्चालन गरेको एक एम्बलेन्समा गाँजा ओसार पसार गरेको आरोपमा धरानका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
हुडेक नेपालले सञ्चालन गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्समा सय किलो गाँजासहित एम्बुलेन्स चालक धरान १५ बाझगरा बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोशण राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनकुटाबाट आइरहेको बेला उनीहरु दुवैलाई सोमबार बेलका ९ बजे जिरोपोइन्ट चेकपोस्टमा गाँजासहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले भन्नुभयो ,‘एम्बुलेन्सको पछाडि भागमा २५ केजी दरको ४ वटा झोलामा सयकिलो गाँजा राखेको पाइएपछि गाँजा ओसार पसार र बिक्रि वितरण गरेको अभियोगमा बलबहादुर र पोशण पक्राउ परेका हुन् । दुवैलाई सुनसरी जिल्ला अदालतबाट आज नै लागूऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको छ ।’