संसद विघटन गैर संवैधानिक र लोकतन्त्र विरोधी कदम भएको भन्दै इलामका विपक्षी दलहरुको संयुक्त प्रेस विज्ञप्ती जारी

प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमको विरोधमा इलामका विपक्षी दलहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बिरोध गर्दै संसद विघटन गैर संवैधानिक र लोकतन्त्र विरोधी कदम भएको भन्दै त्यसको विरद्धमा लड्न नागरिकलाई आव्ह्रान गरेका छन् ।

तीन दलका नेताहरु क्रमश नेपाली कांग्रेसका सभापति हिमालय कर्माचार्य, नेकपा माओवादी केन्द्रकी संयोजक सोममाया राई र माधव नेपाल पक्षका भक्त केसी ९उपाध्यक्ष, नेकपा एमाले० को संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा प्रतिनिधि सभाको विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने असंवैधानिक, अलोकतान्त्रिक, अराजनीतिक, स्वेच्छाचारी र अधिनायकवादी कदम प्रति गम्भीर ध्यानाकर्षण भएकोे भन्दै राष्ट्रपति र प्रधामन्त्रीले बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथिनै गम्भीर प्रहार भएको हुनाले यस प्रति घोर निन्दा एवं भत्र्सना गर्दछौं भनिएको छ ।

संविधानको धारा ७६ ९५० अनुसार वैकल्पिक सरकार गठनका लागि बस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्ति नगरेर सार्वभौम प्रतिनिधि सभा रातारात विघटन गर्नु संविधान र लोकतन्त्रको हत्या हो भनिएको छ ।कोभिड १९ को महामारी रोकथाम र यसको रोकथाम , नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय भएको र यस्तो विषम परिस्थतीमा निर्वाचना घोषणा गर्नु मानवीय संवेदन हिनता समेत भएको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।