आज इलाममा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमित मध्ये ८८ जना निको


इलाम _आज इलाममा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबै भन्दा धेरै माईजोगमाई गाउँपालिकाका १३महिला र ११ पुरुष गरी जम्मा २४ जना रहेका छन ।इलाम नगरपालिका भित्रका १० महिला र ७ पुरुष,सूर्योदय नगरपालिकाका ८ महिला र ९ पुरुष, चुलाचुली गाउँपालिकाका १ महिला र देउमाई नगरपालिकाका २ महिला र ३ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये ५६९ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा ३६ जना र आई सि यु मा ८ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ७१८ पुगेको छ भने संक्रमित मध्ये ८८ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १७ जनाको ज्यान गइसकेको छ।