विराटनगरको सिंघिया खोलामा एक महिलाको शव फेला


विराटनगर_विराटनगरको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ ।

पुष्पलालचोक विराटचोक सडकखण्डमा पर्ने निर्माणाधीन पुलको जग बनाउनका लागि खनिएको खाल्डोमा डुबेको अवस्थामा विराटनगर महानगरपालिका–३ की ४३ वर्षीय सुमित्रा खतिवडाको शव आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले पानीमा डुबेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरू गरेको जानकारी दिनुभएको छ । शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाइएको उहाले बताउनुभयो ।