मृतक संगको कन्ट्राक ट्रेसिङ गर्दा एउटै गाँउका १३ जना पोजेटिभ


माई,इलामकोरोना संक्रमित भई मृत्यु भएकी एक युवतीको कन्ट्राक ट्रेसिङका आधारमा एन्टीजिन परिक्षण गर्दा मंगलबार एउटै गाँउका १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

माई(८ घर भएकी २२ बर्षिय जोस्ना ठकुरी थापाको दुई दिन अघि उपचार अभावमा अस्पताल दौडाउने क्रममा मृत्यु भएपछि परिवारले उनलाई घरमै ल्याएका थिए । घरमा एकरात राखि अन्तेष्टी गरिएकी युवतीको भोलि पल्ट स्थानीयहरु सहभागी भई घर नजिकै माईखोलामा अन्तेष्टी गरिएको थियो। मृतकका आफन्त र मलामीहरु समेत गरि ३५ जनाको एन्टिजेन परिक्षण मंगलबार गर्दा परिवारका सदस्य सहित १३ जनाको रिपोर्ट पोजेटिभ आएको माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो ।

छ महिनाको गर्भवती रहेकी मृतक थापालाई बच्चा बाहिर ननिकाली जलाउन नमिल्ने भन्दै पेटबाट बच्चा निकालेर आमा र बच्चाको अन्तेष्टी गरिएको थियो ।