आज इलाममा थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमित मध्ये ८८ जना निको


इलाम _आज इलाममा थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबै भन्दा धेरै इलाम नगरपालिका भित्रका १०महिला र ९ पुरुष गरी जम्मा १९ जना रहेका छन । त्यसै गरी माई नगरपालिकाका ७महिला र ७ पुरुष,सूर्योदय नगरपालिकाका १ महिला र ३ पुरुष, माईजोगमाई गाउँपालिकाका १ महिला देउमाई नगरपालिकाका २पुरुष र रोङ गाउँपालिकाका ७महिला र ५ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये ६१८ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा ३६ जना र आई सि यु मा १० जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ७७० पुगेको छ भने संक्रमित मध्ये ८८ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १८ जनाको ज्यान गइसकेको छ।