नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै


नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । गएको २४ घण्टामा देशभर ६ हजार सत सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार सात सय १६ निको भएका छन् ।

अहिले कोरोनामुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ । नेपालमा अब कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ११ हजार ६ सय तीन पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर र तीन सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार सात सय १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ३५ हजार पाँच सय २५ पुगेको छ ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक सय ४५ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार आठ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ ।