पाकिस्तानमा चिनियाँ टोलीलक्षित आत्मघाती आक्रमण : दुई जनाको मृत्यु, दुई घाइते

शुक्रबार पाकिस्तानको बलुचिस्तानस्थित ग्वादरमा चिनियाँ इन्जिनियर तथा कर्मचारीलाई लक्षित गरी बम विस्फोट भएको छ । उक्त विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् ।

बीबीसीका अनुसार पाकिस्तानको विदेश मन्त्रालयले यसलाई आत्मघाती हमला भनेको छ ।

शुक्रबार साँझ तीन गाडीमा चीनीयाँ नागरिकलाई पाकिस्तानी सुरक्षा फौजको निगरानीमा त्यता लगिँदै थियो । सोही क्रममा एक व्यक्तिले चिनियाँ नागरिकलाई निशाना बनाएर उसतर्फ गएको थियो ।

त्यसक्रममा पाकिस्तानी सेनाले रोक्न खोज्दा उक्त व्यक्तिले १५-२० मिटर अगाडि नै आफूलाई उडाएको थियो । उक्त आक्रमणमा परी एक जना चिनियाँ नागरिक पनि घाइते भएको बताइएको छ ।