भारत भ्रमणमा प्रधान सेनापति शर्मा 

प्रधान सेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्लीका लागि प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ।

भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा गएका हुन्। प्रधान सेनापतिसहित ९ सदस्यीय टोली भारत भ्रमणमा गएको हो।