मलद्वारमा लुकाएर सुन तस्करी, विमानस्थलबाट एक जना पक्राउ

२४ कार्तिक २०७८,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

मलद्वारमा लुकाएर ल्याइएको आधा  किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उनले सुन ल्याएको खुलेको थियो ।

‘पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो’ पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बाँस्तोलाको भनाइ छ अनलाइनखबर