राष्ट्रिय जनगणना २०७८ भोलि देखि

४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक खटिदै

कार्तिक २४, २०७८,
काठमाडौं- भोली देखि सुरु हुने १२औं राष्ट्रिय जनागणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागले आज पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनाका लागि ४० हजार गणक र ८ हजार पाँच सय सुपरीवेक्षक खटिएका छन् । गणकका लागि १२ कक्षा पास गरे युवाहरु र सुपरीवेक्षकका लागि स्नातक गरेका युवाहरुलाई परिचालन गरिएको छ ।

जनगणना सञ्चालनका लागि सातवटा प्रदेश कार्यलय सहित ८७ वटा जिल्ला जनगणना कार्यलय स्थापना गरिएको छ । जसमा हरेक जिल्लामा एक एक वटा कार्यलय र ठूलो जनसंख्या भएका काठमाडौं,मोरङ,झापा,सुनसरी,ललितपुर,रुपन्देही र कैलालीमा एक २ देखि पाँचवटासम्म कार्यलय स्थापना गरिएका छन् ।
यसपालीको जनगणनामा स्थानीय तहलाई पनि सहभागी गराइएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वडा अध्यक्षको संयाृजकत्वमा वडा स्तरीय जनगणना सहजिकरण समिती र पालिका प्रमुखको संयोजकत्वमा पालिका सहजिकरण समिती गठन गरिएकोए छ ।
श्रेष्ठका अनुसार एकजना गणकले १ सय ७५ परिवारसम्मको गणना गर्नुपर्दछ । एउटा परिवारमा सबै प्रश्न सोधेर उत्तर टिप्नका लागि २० मिनेटसम्मको समय लाग्दछ । मंसिर ९ गतेसम्म हुने गणनाका लागि सुपरीवेक्षकहरुले गणकहरुलाई निर्देशन गर्नुका अत्तिरक्ति ६ हजार ७ सय ४३ वटा वडाहरुमा सामुदायिक प्रश्नवली समेत भर्नुपर्र्नेछ ।
जनगणनको तयारी देखि सम्पन्न गर्नका लागि पछिल्लो पाँच बर्षमा करिब ४ अर्ब रुपैंया लगानी हुने श्रेष्ठले जानकारी दिनुभयो । nepalibahas