नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो माग्दै पाँच जनाविरूद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले बारा करैयामाई गाउँपालिका-७ को यादव बिजनेस ट्रेड लिंकका प्रोप्राइटर सोनालाप्रसाद यादवसहित पाँच जनाविरूद्ध मुद्दा दायर गरेको छ।

झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा लिंकका प्रोप्राइटरविरूद्ध 12 करोड 20 लाख 61 हजार 233 रूपैयाँ बिगो माग्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

अन्य प्रतिवादीहरूमा जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा र सानुकुमार श्रेष्ठ रहेका छन्।

वस्तु तथा सेवा खरिद नै नगरी झुठा र नक्कली बिल बिजक मात्र खरिद गरेर मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोप उनीहरूलाई छ।

विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्ध कर ४ करोड, ३१ लाख १९ हजार २६ र आयकर ७ करोड ८९ लाख ४२ हजार २०७ रूपैयाँ छलेको अनुसन्धानमा खुलेको छ।

प्रतिवादीलाई बिगो र बिगोको दोब्बर सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए।

सेतोपाटी