प्रदेश २ कांग्रेस अधिवेशनः मतदान सकियो, ११ बजेदेखि गणना हुने

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को पदाधिकारी चयनका लागि मतदान सकिएको छ । ८ बजे सकिएको मतदानमा १९३८ मतदातामध्ये १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मतगणना राति ११ बजे देखि सुरु हुने निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले बताए ।
धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको गौतमले जानकारी दिए । शिलापत्र