मेचीनगरको चारआलीमा ओभरहेड टेंकीको शिलान्यास

१६पुस २०७८

चारआली । झापाको चारआलीमा २लाख २५हजार घनमिटरको खानेपानी टेंकीको आज शिलान्यास गरिएको छ । मेचीनगर सहलगानी खानेपानी कार्यक्रम अन्तरर्गत ओभरहेड टेंकीको शिलान्यास भएको काँकरभिट्टा खानेपानी तथा मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष राजकुमार पराजुलीले बताए ।
मेचीनगर नगरपालिकाको वडा नं १३ मा एक कार्यक्रमका बीच मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोखरेल ९उप्रेती०ले संयुक्त रुपमा टेंकीको शिलान्यास गरेको पराजुलीले बताए ।

सो शिलान्यास कार्यक्रमको अध्यक्षता काँकरभिट्टा खानेपानी तथा मेचीनगर सह लगानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजकुमार पराजुलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मेचीनगरका प्रमुख बिमल आचार्य, उप प्रमुख मिना पोखरेल ९उप्रेती० वडा अध्यक्ष शंकर पोखरेल र राजकुमार पराजुलीले मन्तब्य राखेका थिए । कार्यक्रममा आसपास क्षेत्रका मेचीनगरका वडाअध्यक्षहरु, स्थानीय पार्टीका प्रतिनिधि तथा छिमेकी खानेपानी संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन चारआली खानेपानीका अध्यक्ष मधुसुदन निरौलाले गरेका थिए ।

 

मेचीनगर सहलगानी खानेपानी कार्यक्रम अन्तरर्गत केही दिन अघि मेचीनगरको वडा नं ४मा पनि टेंकी निमार्ण भईरहेको र आज चारआली स्किम अन्तरर्गत शिलान्यास गरिएको अध्यक्ष पराजुलीले बताए ।पराजुलीका अनुसार केही दिनमै धुलाबारीमा समेत अर्को टेंकीको शिलान्यास गरिने बताए ।