पत्रकार एलबी विश्वकर्माको निधन

काठमाडौं : पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ ।

अचानक मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत थिए। मृतकका भाइ ललित टमाटाकाअनुसार अचानक मुटुमा समस्या देखिएर लगिएको थियो। उनका अनुसार एलबीको कोरोनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा कमल चलाउँथे ।