सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

इटहरीमा तेह्रथुम साब्लाका ४५ वर्षीय बमबहादुर लिम्बूको बसको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

कार्यालयका अनुसार आइतबार साँझ ६ बजे विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१६२ नम्बरको बसले को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मोटरसाइकल इटहरीबाट विराटनगर जाँदै थियो।

बसले ठक्कर दिएपछि लिम्बू घाइते भएका थिए। उनको उपचारको क्रममा एपेक्स अस्पताल इटहरीमा मृत्यु भएको कार्यालयले जनाएको छ।

दुर्घटनामा संलग्न बस र चालक भुवनकुमार विष्टलाई कार्यालयले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ।