अनुष श्रेष्ठको मोटरसाइकल  दुर्घटनामा मृत्यु 

मेचीनगर, १० माघ / इलाममा पिकनिक खान गएका मेचीनगरका एक जना युवकको आज मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।

मेचीनगर–८ स्थित आयाबारीका १८ वर्षीय अनुष श्रेष्ठको इलाममा पिकनिक खान जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

सोमवार दिउसो २ बजे झापाको मेचीनगरबाट माईको चिलिमकोट बगान पिकनिक जाने क्रममा माई नगरपालिका–२ मस्तेमा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मे १० प ६८४३ नम्बरको केटिएम डुक मोटरसाइकल अनियन्त्रित हुँदा उनी करिब १५÷२० मिटर तल उछिटिएका थिए ।

इलामको माई अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल ल्याईएको थियो ।

बीएण्डसी अस्पताल ल्याईपुर्याउदा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।