झापामा सडक दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एकजनाको मृत्यु हुने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८–७९ को पुस मसान्तसम्मको तथ्यांकले त्यही पुष्टि गर्छ ।

चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका निरीक्षक निशेष चापागाईंले जानकारी दिए।

झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एकजनाको मृत्यु हुने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८–७९ को पुस मसान्तसम्मको तथ्यांकले त्यही पुष्टि गर्छ।

चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका निरीक्षक निशेष चापागाईंले जानकारी दिए।

सवारी साधनको बढ्दो चाप, सडकको दूरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलनालगायत कारणले दुर्घटना बढ्दै गएको उनको भनाइ छ।

जाडोको समयमा बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेको प्रहरी निरीक्षक चापागाईंको बुझाइ छ।